धनगढी: नेकपा माओवादी निकटको युवा सगंंठन योङ कम्युनिष्ट लिग (वाइ सि एल) नेपाल सुदुरपश्चिमको नेतृत्व चयनमा सकस देखिएको छ । गत बैसाख ३० गते उद्घाटन भएको प्रदेश सम्मेलन ३१ गते बन्दसत्र शुरु भएको थियो । सर्बसम्मत नेतृत्व चयनका लागी प्रयास भएपनि सहमती नजुटेपछि बन्दसत्र स्थगित छ । सुदुरपश्चिमका वाइ सि एल नेताहरुले प्रदेशको नेतृत्व टुगों लगाउन माग गरेपनि बन्दसत्रबाट यसको टुगों लाग्न सकेको छैन ।
प्रदेशको बन्दसत्र स्थगित राखेर नेताहरु केन्द्रको सम्मेलनका लागी तयारीमा जुटेका छन् । वाइ सि एल नेपालको तेस्रो सम्मेलन यहि जेठ १८ गते देखि २० गते सम्म काठमाडौँमा गर्ने तयारी गरिएको छ । सुदुरपश्चिमका वाइ सि एल नेताहरुले भने पहिला प्रदेशको सम्मेलन सकेर मात्रै केन्द्रिय सम्मेलन गर्नुपर्ने अडान राखेका छन् । वाइ सि एल सुदुरपश्चिमको अध्यक्षका उमेद्वार बसन्त कार्कीले प्रदेशको नेतृत्व चयन प्रक्रिया टुग्ंयाएर मात्रै केन्द्रिय सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् ।
सके सहमतीबाट नभए लोकतान्त्रीक बिधि चुनावी प्रक्रियाबाट यहाँको नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ । तलको प्रक्रिया नमिलार्इ केन्द्रको सम्मेलनमा केन्द्रित हुँदा प्रदेशका उमेदवारहरुलाई ब्याबस्थापन गर्न चुनौती देखिएकाले केन्द्रको सम्मेलन अघी प्रदेशको समस्या हल गर्न उनले अनुरोध गरेका छन् ।


