धनगढी । प्रतिनिधिसभाबाट शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएपछि कैलालीको धनगढीमा चार प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले एकजुट भएर सरकारलाई धन्यवाद दिएका छन्।
एमाले प्रदेश कमिटीको संयोजनमा आयोजना गरिएको थियो कार्यक्रममा दलहरूबीच एकता जरुरी रहेको सन्देश दिएका छन् ।
संयुक्त विज्ञप्तिमा छिटो विश्वविद्यालय सञ्चालन गर्न दरबन्दी, बजेट र सिट संख्या तत्काल निर्धारण गर्न आग्रह गरिएको छ।
नेता अवस्थी र जैशीले विधेयक पारित हुनु सुदूरपश्चिमवासीको लामो संघर्षको परिणाम भएको भन्दै कार्यान्वयनमा ढिलाइ नगर्न चेतावनी दिए।
कैलालीको गोदावरी-५, गेटामा निर्माण सम्पन्न ४२ भन्दा बढी भवन संरचनामा विश्वविद्यालय सञ्चालन गरिनेछ।
विधेयक पारित भएसँगै अब विश्वविद्यालय सञ्चालनमा आशा पलाएको छ भने दलहरू एकमत भई कार्यान्वयनमा सरकारलाई दबाब दिने पक्षमा देखिएका छन् ।


