धनगढी: कञ्चनपुरबाट लागुऔषध सहित २ युवक पक्राउ परेका छन् । आज साझँ ५ बजेको समयमा कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का २४ बर्षिय समिर डगौरा र सोही ठाउँका २१ बर्षिय राहुल चैधरी पक्राउ परेका हुन् । उनिहरुको साथबाट ५.८१ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो ।
भिमदत्त नगरपालिका १८ गड्डाचौकीबाट नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट रातो कलरको म २ प १४२४ मोटर साइकल समेत बरामद गरिएको छ । मोटरसाइकलमा भारत बाट नेपाल तर्फ आईरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको हो । चेकजाचँका क्रममा समिर डगौराले लगाएको निलो कलर को कट्टु भित्र लिङ्ग को भागमा प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवैध लागुऔषध बरामद गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कंञ्चनपुरमा बुझाइएको छ ।


