कञ्चनपुर: कञ्चनपुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका ९ स्थित जनजागरण सामुदायिक बनमा श्रीमान श्रीमती मृत फेला परेका हुन् । पुनर्वास नगरपालिका ९ ख गाउँका ६८ बर्षिय सगराम भुल र उनकी ६६ बर्षिय श्रीमती गगांदेवी भुल मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनिहरु दुवैजना रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
कञ्चनपुरका प्रहरी निरिक्षक झलक सर्माका अनुसार घरमा विबाद भएपछि बैसाख ११ गते उनिहरु शसुराली जाने भन्दै निस्किएका थिए । उनिहरु सम्पर्कमा नआएपछि आफन्तले प्रहरीलाई खोजतलासका लागी निवेदन दिएका थिए । उनिहरुको खोजतलासको क्रममा सोमबार साँझ मृत फेला परेका हुन् ।


