धनगढी: सुदुरपश्चिम प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुर सिहं थापाले पाएका छन् । आर्थिक मामिला मन्त्री समेत रहेका थापालाई मुख्यमन्त्री कमल बहादुर शाहले कार्यबाहक मुख्यमन्त्रीको जिम्मा दिएका हुन् । एक साता भारत भ्रमणमा जान लागेका मुख्यमन्त्री शाहले थापालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
आज मुख्यमन्त्री शाह सहितको १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै छ । भ्रमण टोलीमा भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्री बिर बहादुर थापा, नेकपा माओवादी केन्द्रका सांसद झपट साउँद, नेकपा एकिकृत समाजवादीका सांसद नरेश शाही, नागरिक उन्मुक्तीका सांसद घनश्याम चौधरी लगायत १० जना सहभागी हुँदै छन् । मुख्यमन्त्री शाहको टोलीले भारतको राजधानी दिल्लीमा राजनितिक भेटवार्ता सगैं उद्योगी सगं अन्तरक्रिया गर्ने छ । त्यसका साथै उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुस्कर सिहं धामी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सगं भेट गर्ने कार्यक्रम छ ।


