धनगढी । लामो समय देखि सांगितीक क्षेत्रमा सक्रिय रहदै आएका सीपी परियारले फ्युजन देउडा जिन्दगी कटाउला गीतको भिडियो सार्वजनिक गरेका छन् । परियारकै शब्द र संगीत रहेको उक्त गीतमा मनिषा सुनारले साथ दिएकि छिन । कैलालीका विभिन्न पर्यटकिय क्षेत्रमा छाँयाकन गरिएको म्युजिक भिडियोमा कलाकार मुकुन्द जि सि र झरना बोहरा को अभिनय रहेको छ । सुदूरपश्चिमका थुप्रै म्युजिक भिडियोमा नित्य निर्देशकको जिम्मेवारी पुरा गरेका रमेश बिजुली बि सि ले गरेका हुन भने गीतको छायांकन दया शंकर चौधरी गरेका छन । माया प्रेमको भाव देखिने यो गीतको शब्द र लय सिर्जना गायक स्वयंम परियारले गरेका छन् । परियारको यसअघि धान है काट्ने हँसिया ,बैरी भयो मन ,इलिगल माया, सुवा लगायतका गीत सार्वजनिक भइसकेका छन् । अहिले बजारमा आएको जिन्दगी कटाउला बोलको देउडा गित लाई पनि यस अघिका भिडियो लाई दर्शकले मन मनपराएझै यो गितले पनि बजार पाउँनेमा परीयार ढुक्क छन ।
गायक परीयारको जिन्दगी कटाउला बोलको गीत सार्वजनिक
गायक परीयारको जिन्दगी कटाउला बोलको गीत सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

