धनगढी: प्रहरीले कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट अवैध सामान बरामद गरेको छ । आइतबार कैलालीका धनगढी, कैलारी, कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरीबाट प्रहरीले अवैध सामान बरामद गरेको हो । धनगढी उपमहानगरपालिका – २, धनगढी उपमहानगरपालिका – १३ भगवती टोल, धनगढी उपमहानगरपालिका – १९ लल्लीपुर र कैलारी गाउँपालिका –३ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ९९ हजार ४७० बराबरका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तरगत मोबाइल स्क्रिन गार्ड, मोबाइल कभर, बिडी, सुर्ती, मसला, पापड, बोइलर कुखुरा लगायतका सामानहरु रहेका छन ।


