अछाम: अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटी बस्ने अन्दाजी ४५ वर्षका कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा बडरुखको भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि दैलेखको राकम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

