दार्चुला: दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–४ तिङकरखेडामा गएराति चक्कु प्रहारबाट २४ वर्षीय सरोजसिह धामी गम्भीर घाइते भएका हुन। पेटमा चक्कु प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिए। उनलाई उपचारको लागि दार्चुलाबाट डडेलधुरा रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले घटनापछि धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको बताए। प्रारम्भिक अनुसन्धानका क्रममा धामीले चक्कु आफैंले प्रहार गरेको खुलेपछि पक्राउ परेकाहरु सँग सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते
दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

