धनगढी: कैलालीमा सर्पले डस्दा २ महिला घाइते भएका छन् । जोशीपुर गाउँपालिका र लम्कीचुहा नगरपालिकामा सर्पले डस्दा २ महिला घाइते भएका हुन । जोशीपुर गाउँपालिका–५ की ४० वर्षीया धन्सरा नेपाली सर्पले डसेर घाइते भएकी छिन । घरनजिकै सर्पले डसेर घाइते भएकी नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका–५ की ४१ वर्षीया अमृता आलेमगर पनि सर्पले डसेर घाइते भएकी छिन । मंगलवार राति सुतेको बेला सर्पले डसेर घाइते भएकी आलेमगरलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
कैलालीमा सर्पले डस्दा २ महिला घाइते
कैलालीमा सर्पले डस्दा २ महिला घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

