धनगढीः सुदूपश्चिम प्रदेशको राजनधानी धनगढीको तापक्रम उच्च देखिएको छ। आज दिउँसो २ः ४५ मा धनगढीको अधिकतम तापक्रम ४२.८ डिग्री र न्यूनतम तापक्रम ३०.४ डिग्री सेल्सियस पुगेको धनगढी मौसम विज्ञान कार्यालयकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङले बताइन्। यसअघि मे ३० मा धनगढीको तापक्रम ४४.१ डिग्री पुगेको थियो। जुन ३० वर्ष यताकै बढी तापक्रम हो।
घिसिङका अनुसार सन् १९९५ मा धनगढीको तापक्रम ४६.४ डिग्री सेलसियस पुगेको थियो। दाङमा पनि अधिकतम ३८.१ डिग्री सेल्सियस पुगेको छ। न्यूनतम तापक्रम २५.५ डिग्री सेल्सियस मापन भएको थियो। मौसम विज्ञानको क्षेत्रीय कार्यालय भैरहवाका मौसमविद् बरुण पौडेलका अनुसार पश्चिम तराईका केही जिल्लाहरूमा अझै केही दिन मौसम यस्तै रहने छ।


