धनगढी : कैलालीमा ब्रोइलर कुखुरासहित अवैध सामान फेला परेको छ । शनिबार धनगढी उपमहानगरपालिका-४ संचयकोष कार्यालय नजिक, धनगढी-७ मनेहरा चोक, धनगढी-९ त्रिबेणीघाट, धनगढी-१२ घले चोक, गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालिका-६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अवैध सामान फेला पारेको हो ।
अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ६७ हजार १७० मूल्यका प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, ब्रोइलर कुखुरा, मोटरसाइकल थान(१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।


