धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दलित दशक घोषणा गरेको छ। सरकारले २०८१ देखि २०९० सम्मको दशकलाई दलित अधिकार दशक घोषणा गरेको हो। आज (शनिवार) प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सो अवधिमा दलितको राजनीतिक सामाजिक र आर्थिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने बताए।
उनले सो अवधिमा दलित अधिकार समिति गठन गरी दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकरण गर्न दलित सशक्तिकरण विकास कार्यक्रम सञ्चालन गरिने बताए।


