धनगढीः कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगर, धनगढी–२ ट्राफिक चौराह नजिक, धनगढी–३ बडारा र टीकापुर नगरपालिका–७ बेलुवा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५९ हजार ९३० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले बताएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका–१ ढक्का र लालझाडी गाउँपालिका–६ चान्देउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९ हजार ३३१ बराबरको सामान बरामद गरिएको हो। दुई जिल्लाबाट झन्डै ४ लाख ६९ हजार २६१ मूल्य बराबरको सामान सोमवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


