धनगढी : राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बिदेशमा गएका नेपालीहरुका सेल्फी देखेर उतै तर्फ नदौडिन आग्रह गरेका छन् । प्रदेश युवा परिषद सुदुरपश्चिमद्वारा धनगढीमा आयोजित नमुना युवा सांसद अभ्याय कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बिदेशमा जाने नेपालीहरुका सेल्फी देखेर बिदेश तर्फ दौडिने परम्परा हावी भएको भन्दै चिन्ता ब्यक्त गरे । बिदेशमा गएका नेपालीहरुले शनिबार र आइतबार राम्रा राम्रा ठाउँ घुमेको फोटो÷सेल्फी खिचेर हाल्नुहुन्छ अनी नेपालमा भएका युवाहरुपनि बिदेशमै सुख छ भनेर उतै जान तम्सिनु हुन्छ बस्नेतले भने “उता विदाका दिन खिचिएका फोटोले हाम्रा युवाहरु बिदेश तर्फ जान आकर्षित हुनुहुन्छ तर उताको दुख थाहा छैन, खाडी मुलुक तिर गएका दाजुभाई हरु घर फर्किनुहुन्छ र केही स्वरोजगार तर्फ जोडिराख्नु भाछ, तर अमेरिका, क्यानडा, अस्टे«लिया लगायतका देशहरुमा जाने युवा जमात बढ्दो छ र उतै घरजम गर्ने परम्परा हावी छ, उता बस्ता हुने दुख हामीले थाहा पाउँदैनौ, उता पुगेपछि बाध्यता बस बस्नैपर्ने हुन्छ ।”
बिदेशमा ५ दिन निकै कडा मेहेनत गर्नु परिरहेको बस्नेतले सुनाए । महिनामा २० दिन मरेर काम गर्नु परेको छ, बिद्यार्थी जिवन सकिएपछि कामदार भिसा लिनुहुन्छ बस्नेतले भने “कामदार भिसा पाएपछि एउटा गाडी लिनैपर्छ, त्यसको श्रृण तिर्न ५ देखी १० बर्ष लाग्छ, गाडीको श्रृण तिरेपछि घर चाहिन्छ अनी पुरै श्रृणमा घर बनाइन्छ त्यो श्रृण तिर्न ३० बर्ष लाग्छ, अनी कतै रह्यो त बस्ने खाने उमेर, त्यस कारण नेपालमै केही गरौँ, बिदेश बराबर पैसाँ हुँदैन होला, उता जस्तै मेहेनत गरे राम्रै आम्दानी गर्न सक्छौँ, आफ्नै ठाउँमा काम गरौँ, घर परिवार सगैं रमाऔँ कती राम्रो जिवन चल्छ अनी किन लहैलहमा बिदेश तम्सिनुहुन्छ ।”

नेपालमा केही भएन सबै खतम भइहाल्यो भन्ने भास्य श्रृजना गरिएका कारण पनि युवाहरु बिदेशिरहेको कार्यकारी उपाध्यक्ष बस्नेतले बताए । गणतन्त्रपछि नेपालमा भएका बिकास प्रती ध्यान नदिइएको हो की बुझ्न नचाहेको हो उनले भने “बिगत अहिले नेपालको बिकासमा तुलना गरौँ न, गणतन्त्रपछि मात्रै १६००० किलोमिटर सडक पिच भएका छन् भने ३५ हजार बढी किलोमिटर ग्रावेल भइसकेका छन्, अन्धकारमय जिवनबाट हामी लोडसेडिङ मुक्त संगै बिधुत बेच्न थालिसकेका छौँ, महिलाले ३ प्रतिशत अधिकार पाउनु भएको थिएन ससंदमै ३३ प्रतिशत महिलाले अधिकार पाउनु भएको छ, त्यसपछि दलित तथा पिछिडिएको क्षेत्रले आरक्ष्ण पाउनुभएको छ, अहिले माननिय तथा मन्त्री सजिलै हुन पाउनु भएको छ ।” बिदेशको जत्ती मेहेनत यतै गर्नेले काम गरिरहेका छन नी उनले भने “अरुको देशमा जेपनि काम गर्ने तर आफ्नो देशमा काम गर्न लाज मान्ने परिपाटी त्यागेर आफ्नै ठाउँमा काम गर्न तयार होऔँ केही सरकारले गर्ला अरु गर्नुपर्ने हामी आफैले हो, हामी शुन्य लगानीबाटै भएपनि माथी उठ्ने प्रयासमा लाग्नुपर्छ पक्कै सफल हुन्छौँ, यो बिदेश जाने भुत आजैबाट त्यागौँ, आफ्नै ठाउँमा काम गरौँ ।”
बस्नेतले भोलीको स्थानिय तह प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री देखी अधिकृत, सचिव, उप सचिव समेत हुने अहिलेको युवानै भएका कारण सबैले आ आफ्नो भविश्य नेपालमै खोज्न आग्रह गरे । उनले भने “भोलीको प्रधानमन्त्री बन्नेपनि यही समुहको युवा हो, उधोगी, ब्यापारी, देखी सबै क्षेत्रमा अहिलेको युवानै जाने हो, त्यस कारण अन्त अवशर खोज्ने होइन, आफ्नो क्षमता बढाउने र अब्बल बन्ने तर्फ लागेर आफ्नै देशमा काम गर्नुपर्छ ।”

कार्यक्रमको समापन गर्दै प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताए । उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे । बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ । ४ दिनसम्म सञ्चालित युवा नमुना संसद् अभ्यास कार्यक्रममा सुदुरपश्चिमका ९ वटै जिल्लाबाट युवा यहभागी थिए । परिषदले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने बिश्वास ब्यक्त गरेको छ ।


