धनगढी। कैलालीको धनगढीमा अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। धनगढी उपमहानगरपालीका ४ उत्तरबेहडीस्थीत कैलाली मोडेल माध्यमिक विद्यालयको आयोजनामा अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो।
माघ २९ गते दिउँसो १२ः०० बजे देखी हाजिरी जवाफ प्रतियोगिता विद्यालयकै प्राङ्गणमा हुने प्रधानाध्यापक तपेन्द्र बहादुर सिंहले जानकारी दिए। अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ईच्छुक विद्यालयबाट कक्षा ८,९ र १० सम्मका बिद्यार्थीहरुले सहभागी जनाउन सक्ने उनले बताए ।
माघ २८ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ । साथै उनले (१ जना छात्रा अनिवार्य)सहभागिता हुने गरी जम्मा ३ जना सहभागीहरुलाई हाजिरी जवाफ प्रतियोगीतामा सहभागी गराइदिन सम्पूर्ण विद्यालयहरुलाई अनुरोध समेत गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार, द्वितीयलाई नगद रु. ५ हजार र तृतीयलाई नगद रु .३ हजार रुपैँया सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगितामा सहभागीहरुले विद्यालयबाट एकजना शिक्षकको साथमा विद्यालय पोशाक र आईडी कार्ड सहित उपस्थित हुनुपर्ने बताइएको छ।


