कञ्चनपुर। कञ्चनपुरबाट बहु विवाह मुद्दामा फरार रहेकी महिला पक्राउ परेकी छिन्। बहु विवाह मुद्दामा फरार रहेकी भीमदत्त नगरपालिका(१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।
मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलवार नै अदालतमा उपस्थित गराएको थियो।जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्।


