धनगढी। धनगढीमा चलाउँदै गरेको स्कुटरमा एक्कासी आगलागी भएको छ। बुधवार साँझ धनगढीको सहिद गेटस्थित ६ लेन सडक खण्डमा चलाउँदा चलाउँदै गरेको इलेक्ट्रोनिक स्कुटरमा एक्कासी आगलागी भएको हो।
स्थानीय कृष्ण प्रसाद शर्माको सुपप्र ०१० ११ प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको हो। प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ। उक्त स्कुटरमा लागेको आगो प्रहरी,फायर एक्सटेन्सन र मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगलागी कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ।


