अत्तरिया। कैलालीको गोदावरीमा बिद्यालयहरु बिदा दिइएको छ । चिसोका कारण पठन पाठनमा समस्या भएकाले आज (माघ ९ गते) देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा विदा दिइएको उल्लेख छ । केही साता यता यँहा अत्याधिक चिसो बढेको छ ।



