कैलाली। कैलालीको घोडाघोडीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१००९ प.४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सोमवार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका-५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बि।क।को सोही अस्पतालमा उपचार भईरहेको छ।


