धनगढी। सर्वाङ्गीण अपांगता बिकास समाज नेपाल सस्थाले अपांगता ब्यक्तीलाई व्हीलचियर, बैशाखी डाइपर प्रदान गरिएको छ । आज (सोमबार) प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा सर्वाङ्गीण अपांगता बिकास समाज नेपाल संस्थाले धनगढी वडा नम्बर २ र ४ का अपांगता भएका ब्यक्तीलाई सो सामाग्री प्रदान गरिएको हो ।
धनगढी वडा नम्बर ४ सामुदायिक बन नजिक बस्ने स्पाईनल कड ईन्जुरी अपांगता भएर घर भित्र नै दिसापिसाब गर्न बाध्य देवकी पनेरू लाई १ थान व्हीलचियर र ५० थान डाइपर, सोही वडाका गणेश सिंह धामिलाई १ थान बैशाखी सहयोग गरिएको छ।
यस्तै धनगढी वडा नम्बर २ बस्ने स्पाईनल कड ईन्जुरी अति अशक्त अपांगता उमा भणडारिलाई ५० थान डाइपर हस्तान्तरण गरिएको जनाइएको छ। यो चिसो मौसममा अपांगताको दैनिक जिवनयापनमा सहयोग गरिएको छ। यो सहयोगलाई घर दैलोमा नै पुर्याउनु सहयोग गर्नु हुने इश्वर पाल र गणेश धामीलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको छ।


