अत्तरिया। कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव अन्तर्गत आज चौथो दिन गायिका रचना रिमाल लगायतको प्रस्तुती रहने भएको छ। रिमाल अहिले को पुस्ता कि लोकप्रिय गायिका हुन । उनको पिरती पहिले हो की, मिनीरल वाटर,फोटो फिरिममा लगायत दर्जनौ गितहरु चर्चित छन् ।
महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आजै नरेश योगी,धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र कोपिला सिंह कडायतको प्रस्तुती पनि रहने भएको छ ।अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी महोत्सव को ८ औं संस्करण सुरु भएको छ ।
अत्तरिया पुर्बरोड लामीताल परिसरमा जारी महोत्सवमा लामीतालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।


