कञ्चनपुर। कञ्चनपुरमा स्कुल बसको ठक्करबाट तिन वर्षिया बालकको मृत्यु भएको छ ।बुधबार साँझ भीमदत्त नगरपालिका ९१४ परियामा नजिकैको एसिई प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउका ३ वर्षिय बालक कार्तिक कुवरको मृत्यु भएको हो ।
से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाईते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए । उक्त बस र बस चालक भीमदत्त-१८ भाँसीका ६१ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


