कैलाली। कैलालीको गोदावरीमा चितुवा मृत अवस्थामा फेला परेको छ। कैलालीको गोदावरी नगरपालिका-६ लालपुरस्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाएको बताएको छ। चितुवा मृत फेला सम्बन्धमा ईलाका बन कार्यालय अत्तरियाले अनुसन्धान गरिरहेको जनाएको छ।


