धनगढी। कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्। नेपाल प्रहरीको धनगढी गणमा कार्यरत सवारी चालकसमेत रहेको प्रहरी हवल्दार विष्णु चौधरी लागुऔषधसहित पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई सोमवार इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले पक्राउ गरेको हो। उनका साथबाट आठ सय ८० मिलिग्राम लागुऔषध फेला परेको जनाइएको छ। उनको स्थायी ठेगाना गोदावरी नगरपालिका–५ हो। इलाका प्रहरी कार्यालय, मालाखेतीले सो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।


