कैलाली। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ। उम्मेदवारी दर्ताको अघिल्लो दिन एमालेले तीन पदको लागि तीन उम्मेदवारको टुङ्गो लगाएको हो।
अन्यबाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउन लागेको हो । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् भने घिमिरे अनेमसङ्घ कि पूर्व कैलाली अध्यक्ष हुन् जोशी पार्टीको भातृ सङ्गठन अपाङ्ग संघ का केन्द्रीय सदस्य हुन्।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो। रिक्त हुने यी तीन पदमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए।


