धनगढी। बुद्धिजीवी परिषद् जिल्ला समिति कैलालीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज गोमा आचार्य रहेका थिए ।
“नेपालमा शिक्षा र रोजगारी” विषय वक्तृत्वकला प्रतियोगितामा दुई दर्जन भन्दा बढी विद्यार्थीहरूले सहभागी जनाएका थिए । प्रतियोगितामा सबै सहभागी विद्यार्थी भाईवहिनीहरुको राम्रो प्रस्तुति रहेको र निर्णायक मण्डललाई निर्णय गर्न समेत हम्मे हम्मे भएको बताए । निर्णायक मण्डलका संयोजक नास्ट कलेजका प्रधानाध्यापक नवराज जोशी रहेका थिए ।
उक्त प्रतियोगितामा प्रथम ईश्वरीय विधा निकेतनका छात्र निर्मल गौतम दृतिय धनगढी नमुना प्रविधि माध्यमिक विद्यालयकी छात्रा शर्मिला धानुक र तृतीय सुदूरपश्चिम एकेडेमीकी छात्रा पार्वती सापकोटा भएका छन् । विजेताहरूलाई प्रमाण पत्र सहित नगद रु ३००० ,रु २०००, र रु १००० दिने जानकारी कार्यक्रम संचालन सचिवालय सदस्य रण बहादुर चौधरीले जानकारी दिए ।


