धनगढी। कैलालीमा ब्रोइलर कुखुरा पालक किसान धेरै भएपनी सो अनुसारको लाभ लिन नसकेको सरोकारबालाहरुले बताएका छन्। न्यु होप एग्रो बिजनेस नेपाल प्रा लि द्धारा धनगढीमा आयोजित एकदिने निशुल्क कृषक तालिममा सरोकारबालाहरुले सो कुरा बताएका हुन्।
कुखुरा पालक किसानले समय सापेक्ष,नयाँ प्रबिधी,नयाँ आयाम तौर तरिका उपयोग गरी कम खर्चिलोमा गुणस्तरसहित उत्पादन गर्न बिशेष ध्यान दिनुपर्ने बिज्ञको सुझाब छ । भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेम राज अवस्थीले भने, कुखुरा बढ्दै जाँदा दानापानीको प्रयोग बढ्ने गर्छ, कुखुरा उत्पादन गर्दा हामीले धेरै दाना पानी र बिना मापदण्ड औषधी दिन्छौँ । यस्ले गर्दा कुखुरा पालन खर्चिलो बढी हुन्छ उनले भने, अनी जाडोको सिजनमा कुखुरा मर्ने गर्छन् ।
यस्ले गर्दा ब्यवसायीक रुपमा कुखुरा पालन गरिहरेका किसानहरुले घाटा बेहोर्नुपर्छ। उनले भने कम खर्चमा राम्रो उत्पादन र गुणस्तरिय कसरी गर्न सकिन्छ त्यसका लागी यो कृषक तालिम निकै उपयोगी हुने भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर अवस्थीले जानकारी दिए। तालिममा कुखुरालाई खोरमा चल्ला भित्र्याउन अगाडी गर्नुपर्ने सरसफाई, निर्मलीकरण तथा निःसंक्रमण,एन एच बायोलोजिकल दानाको सर्वोत्कृष्ट एफ सि आर, सुरक्षीत बनाउँछ किसानको लगानीका बारेमा जानकारी गराइएको थियो।
यस्तै जाडोयाममा कसरी गर्ने सफल ब्रुडिंग ब्यवस्थापन,ब्रोइलर पालनमा प्रत्येक हप्ता ख्याल गर्नुपर्ने ब्यवस्थपाकिय कुरा, कुखुुरा पालनमा जैविक सुरक्षा र खोप ब्यवस्थापन तथा जाडो याममा ब्रोइलरको पेटमा पानी जम्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराइएको थियो। यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका पशु चिकित्सक डाक्टर लोकेन्द्र न्यौपानेले जाडो तथा गर्मी मौसम परिवर्तन हुँदा कुखुरालाई बिशेष ख्याल गर्नुपर्ने बताए । प्रयोगशालाको सरसफाई तथा प्रयोगशालामा काम गर्ने प्राबिधिकले ब्यवस्थापन पक्षमा कमीकमजोरी गर्न नहुने उनको सुझाब छ।तालिमपछि किसानले निःशुल्क कृषक तालिम निकै उपयोगी रहेको बताएका छन् । यस्ले गर्दा ब्रोइलर कुखुरा पाल्न के कस्तो ब्यवस्थापनमा ध्यान दिनुपर्छ भन्नेबारेमा जानकारी पाएका बताएका छन् ।


