धनगढी। कैलालीको सामुदायिक वनमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोही ठाँउ स्थित शिवशक्ति सामुदायिक वनमा मंगलवार दिउँसो गौतम मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भईरहेको बताएको छ।


