धनगढी। नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आईडल-३ मा सानभी बुक्स एण्ड स्टेशनरी पनि जोडिएको छ।
एसईई आइडलको तेस्रो संस्करणमा पार्कमोड धनगढीमा रहेको सानभी बुक्स एण्ड स्टेशनरी स्टेशनरी पार्टनरका रुपमा जोडिएको हो। सुप प्रदेश भरिका विद्यार्थीका प्रतिभा उजागर गर्ने अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको सानभी बुक्सका संचालक सुनिल ओझाले बताए।
एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन्। जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन्। यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्।
फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु। २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।


