बारा। बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो।
स्थिति अझै तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।