कैलाली। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले हाल नेतृत्वमा रहेका नेताहरुले व्यवस्था र अवस्था परिवर्तन नगर्दा जनताले दुःख पाएका बताएका छन्।
कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा बोल्दै प्रवक्ता शाहीले सो कुरा बताएका हुन्। आमसभालाई सम्बोधन गर्दै उनले व्यवस्था र अवस्था परिवर्तन नहुँदा सम्म जनताले दुःख पाइरहने बताए। उनले प्रदेश सरकारको काम नरहेको भन्दै विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम मात्रै भएको उल्लेख गरे।
आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा,पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए। वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्दै परिवर्तनका लागि जनता जाग्नुपर्ने उनीहरुको भनाई छ। संवैधानिक राजाका पक्षमा नेताहरुले बोलेका छन्। व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले देशव्यापी आमसभा कार्यक्रम गर्ने योजना रहेको बताइएको छ।