धनगढी। पशु कल्याण धनगढी समितीले छाडा पशुचौपायाको दिगो व्यवस्थापनकालागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।
शुक्रबार धनगढी आएका क्रममा प्रधानमन्त्री प्रचण्डलाई पशु कल्याण धनगढी तथा पशु कल्याणमा संलग्न धनगढीका युवाहरुले सामुदायिक छाडा गाईगोरुको दिगो व्यवस्थापनकालागी ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा सुदूरपश्चिममा विगत वर्ष देखि सडकमा रहेका छाडा चौपायाको दिगो व्यवस्थापन हुन नसकेको र गौशाला निर्माण तथा कल्याणमैत्री पशु पालनकालागि बजेटको व्यवस्थापन गरिदन माग गरिएको छ । धनगढी उपमहानगरपालिका-१६ स्थीत फुलबारीमा पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज (यस्पाल)अवस्थीले आफु सहितको समुहले उक्त ज्ञापन पत्र बुझाएको बताए।यस्तै प्रधानमन्त्रीले जवाफमा छाडा पशुचौपायाको दिगो व्यवस्थापनकालागी आफुले सक्ने जती पहल गर्ने बताएका छन्।