कञ्चनपुर। कञ्चनपुरमा भारतबाट ल्याइएका अवैध माछा बरामद गरिएका छन्।
बिहिवार ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले बेलौरी नगरपालिका ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको छ।