बैतडी। बैतडी पाटनका एक किशोर भारतको बेंगलोरमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका वडा नं ४ ढकाली अनरकट्या घरभएका लोग सिंह विष्ट नामले चिनिने १८ वर्षिय दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता हुन्।
यहि मंसिर ८ गतेबाट विष्ट बेपत्ता भएका उनका भिनाजु लोक साउदले जानकारी दिए। उनका अनुसार विष्ट बेंगलोर म्यासोर कर्नाटक स्थित होटल फेबरेटमा काम गर्दथे। बिहान १० बजे डिउटिका लागि हिँडेका उनि अहिले सम्म सम्पर्कमा नआएका बताइएको छ। सबै ठाउँमा खोजतलास गर्दापनि कतै नभेटिएका बेपत्ता विष्टका भिनाजु साउदले बताए। विष्ट कामको सिलसिलामा पाँच महिना पहिले भारत गएका थिए ।सम्पर्क विहिन भएका विष्ट कहिंकतै भेटे खबर गरिदिन आफन्तहरुले सबैमा अनुरोध गरेका छन्।