अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन । सोमबार गोदावरी नगरपालिका – १ बरपिपल गल्लीबाट स्थानीय २९ वर्षिय प्रहलाद खत्री र सोही ठाउँका २५ को विकास कट्टेल पक्राउ परेका हुन । उनीहरूको साथबाट ५ ग्राम २५० मिली ग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले बताएका छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागू औषध फेला परेको जनाइएको छ । दुवै जनालाई नियन्त्रणमा लिइ थप थप अनुसन्धान भइरहेको डीएसपी बरालले बताए ।