धनगढी : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटा नजिकैको भिरबाट लडेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
रातामाटास्थित भिरमा आइतबार बिहान घास काट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।