कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध मुद्दामा फरार रहेका दुई जना युवा पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–६ का कमल चौधरी आज पक्राउ परेका हुन्।
चौधरीेलाई जिल्ला अदालत कञ्चनपुरले लागुऔषधको मुद्दामा २०७७ फागुन १२ गते एक महिना २६ दिन सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ का अजय भण्डारी पक्राउ परेका छन्।
भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरले २०७७ पुस २७ गते लागुऔषधको मुद्दामा एक महिना एक दिनको सजाय तोकेको थियो। भण्डारी पनि सोहि दिनबाटै फरार रहेका थिए।पक्राउ परेका दुबै जनालाई सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।