धनगढी। कैलालीको धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव सुरु भएको छ। ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आजदेखि मिनि महोत्सव शुरु भएको हो।
धनगढी उपमहानगरपालिकाको परिसरमा दुई दिनसम्म चल्ने मिनि महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। मिनि महोत्सवमा अपाङ्गता भएका व्यक्तिले आफैले बनाएका हातेसिप, उचार, नास्ताका परिकार लगायत उद्यमशीलता र स्वरोजगार सम्बन्धी १० वटा स्टल राखिएका छन्।
उद्यमशीलता तथा स्वरोजगार सम्बन्धि स्टलले आफुहरुको कला प्रर्दशन गर्ने माध्यम बनेको र केही मात्रामा भएपनी बजार प्रबर्दधन गर्न सहयोग पुगेको उनीहरुको भनाई छ। राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सव आयोजना गरिएको बताए।
महोत्सवले अपाङ्गता भएका व्यक्तिले उत्पादन गरिएका बस्तुलाई बजारीकरण, प्रबर्दधन गर्न तथा अपाङ्गता भएका व्यक्तिको क्षमता उजागर महोत्सवले सहयोग पुगेको उनले बताए ।यस्तै कैलालीका समावेशी र श्रोत कक्षा भित्रका बिद्यालयलाई सहभागी गराएर अपाङ्गता भएका व्यक्तिलाई बिभिन्न हाजिरी जवाफ प्रतियोगीतामा सहभागी गराएको छ। उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुले आफैले निर्मित गरेका सामाग्री,
अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका तथा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुको बायोग्राफी, अपाङ्गता भएका व्यक्तिहरुको सम्भावना र चुनौति विषयक अन्तरक्रिया लगायतका कार्यक्रम हुने जनाए । महोत्सव आयोजनाले सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अध्यक्ष साउँदले बताए।यस्तै कार्यक्रमका प्रमुख अतिथी सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले अपाङ्गगता भएका व्यक्तिका उद्यमशीलता तथा स्वरोजगार सम्बन्धि स्टलले बेराजगारहरुका लागी रोजगारमा लाग्ने प्ररेणा दिने बताए।
यस्तै मन्त्री साउँदले अपाङ्गगता भएका व्यक्तिका लागी बनाइएका ऐन निती नियम कार्यान्वयन गर्न तर्फ लाग्नुपर्ने बताएका छन्। सुदुरपश्चिम सरकार र सामाजिक बिकास मन्त्रालय अपाङ्गगता भएका व्यक्तिको हक अधिकारका लागी, बजेट बिनीयोजन, अपाङ्गगतामैत्री भौतिक संरचना निर्माण गर्ने कुरा प्रदेश सरकार गम्भिर रुपमा लागेको उनले बताए । बिगतमा अपाङ्गता महासंघ र प्रदेश सरकार बिच भएको सम्झौता कार्यान्वयनमा आफु प्रतिबद्ध रहेको सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले दाबी गरेका छन्। राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिमका अनुसार सुदुरपश्चिममा ७० हजार ८ जना अपाङ्गता भएका ब्यक्ती रहेका छन्। कैलाली जिल्लामा २२ हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्ती रहेको बताइएको छ।