बैतडी। बैतडीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पाटन नगरपालिका–३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।