धनगढी। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइने भएको छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो। अब सेटव्यागसहित २१ मिटर हुने भएको छ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सडकको मापदण्डअनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्यागसहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको छ । मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साललगायत मन्त्रीपरिषद् कार्यालयले धनगढी चौराह–कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडि बढाइएको छ।
शुक्रबारदेखि धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवम् मन्त्रीपरिषद्को कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन सडकमा चिन्ह लगाउन सुरु गरेको छ । बढ्दो सवारी चाप र जनसङ्ख्यालाई मध्यनजर गरी धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।