धनगढी। कैलालीको बेहेडाबाबालाई विश्व सम्पदा सूचिमा राख्नको लागि अध्ययन सुरु गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई विश्वप्रसिद्ध सूचिमा राख्न पुरातात्व विभागले तयारी गरेको हो।
शनिबार पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले त्यसको अध्ययन गरेको छ। ईन्जिनियर शर्मा सहित धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वड, मन्दिर समितिका अध्यक्ष पदमराज जोशी र स्थानीयको रहोबरमा अध्ययन गर्न थालिएको हो।प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई विश्वसम्पदाको सुचीमा राख्ने अभियान अन्तरगत प्रारम्भीक अध्ययन सुरु गरिरहेको हो।
धनगढी उपमहानगरपालिका- १६ मा रहेको मन्दिरमा रहेका पूरातात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपर्ने गरी मन्दिरलाई थप व्यवस्थित गरिने लागिएको मन्दिरका अध्यक्ष पदमराज जोशीले बताए। अहिले यसको स्टमेट र मन्दिरको पुरानो संरचना अबस्थाको अध्यन गरिने पुरातत्व विभागको ईन्जिनियर केशब शर्माले बताए।
धनगढीको धार्मीक पर्यटनको गन्तव्य बनाउन पहल गरिएकोले सोही अनुरुप बिकास अगाडी बढाउन लगिएको धनगढी उपमहानगरपालिकाका निर्वतमान मेयर नृपबहादुर वडले बताएका छन्। आफु २०७४ मा मेयरमा निर्वाचित भएपछि बेहेडाबाबालाई बिकास गर्ने लक्ष्य लिएको अहिले आफु मेयर नभएपनि बेहेडाबाबाका लागि रहेको वडले बताए। सुदूरपश्चिम प्रदेश र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिकस्थलमा संरक्षणहरु थपिने जानकारी दिए । मन्दिरमा अब चार वटा मूल ढोका र पर्खाल, मूर्ति राखीने लगायतका काम गरिने बताए।
अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिकस्थल रहेको सो मन्दिरमा नयाँ संरचना निर्माण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षणको केन्द्र विन्दु बनाइने उनको भनाई छ।अहिले यसको स्टमेट र मन्दिरको पुरानो संरचना अबस्थाको अध्ययन गरिने पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले बताए । यसको बिस्तृत अध्ययन रिपोर्ट बनेर बिभागको टोली आएर अनुगमन गरेपछि त्यही अनुसार कार्य अगाडी बढाईने बताए। अहिले टोलीले त्यसको प्रारम्भीक अध्यन गरेको छ । बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा पर्यटकहरुको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरिएको छ।