कैलाली। कैलालीबाट कट्टु भित्र गुप्ताङ्गको भागमा लुकाइएको नेट्राभेट ट्याब्लेट सहित २ जना पक्राउ परेका छन।
प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका-९ खक्रौलाबाट नेट्राभेट ट्याब्लेट सहित टीकापुर नगरपालिका –७ का २३ बर्षिय प्रेम साउद र २४ बर्षिय बाबुराम चौधरी पक्राउ परेका हुन। उनीहरुको शरीर चेकजाँच गर्दा प्रेम साउदले शरीरमा लगाएको कट्टु भित्र गुप्ताङ्गको भागमा लुकाई छिपाई राखेको दुई पत्ता (तीस ट्याब्लेट) फेला पारेकोइलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।