बैतडी। बैतडीमा एक युवक मृत फेला परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका ४ मल्लीओढारका २३ बर्षीय तर्कराम महर शुक्रबार बिहान १० बजेतिर मृत फेला परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् ।
मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए। तर घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको बताए। घटनाको कारण खुल्न सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले प्रहरीले बताए।


