कैलाली। कैलालीमा पंखाको तार सर्ट भई करेन्ट लाग्दा एक किशोरीको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–२ पल्टिपुरकी ४१ वर्षीया प्रेमी डगौराकी छोरी १३ वर्षीया सुस्मा डगौराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो।
आफ्नै घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भएर दुवै जनालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचार गरिएको थियो । तर उपचारको क्रममा सुस्माको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रेमी डगौराको उपचार भइरहेको र सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।