हरेक आमा बुवाले आफ्नो सन्तानको भविश्य सुनौलो बनाउन चाहान्छन् । बिषेशगरी मध्यम बर्गको परिवारले आफ्नो शन्तानलाई बुढेकालको साहाराका रुपमा हेरेका हुन्छन् । सानो छँदा राम्रो शिक्षा दिक्षा दिनसके भोलीका दिनमा आफ्नो स्याहार संगै समाजमा प्रतिस्ठापनि बढाउला भन्ने आश आम मध्यम बर्गिाय परिवारको हुन्छ । तर आजकल त्यही मध्यम बर्गिय परिवारकै शन्तान अबिभावकका सपनाभन्दा बिपरित कर्म गर्न पुग्छन् । यही सपना बोकेर नकुल बमका आमा बुवाले छोरालाई राम्रो शिक्षा दिइरहेका थिए । पञ्चायतकालको राजनिति समेत गरेका नकुलका बुवा तत्कालिन समयमा गाउँ बिकास समितिको अध्यक्ष समेत निर्वाचित भएका थिए । कालिकोटबाट परिवार सहित कैलाली झरेका नकुलका बुवाले त्यसपछि राजनितिमा निस्क्रिय हुँदै छोराछोरीको भविश्य बनाउने दिसा तय गरे । छोरा नकुललाई कैलालीको लम्की स्थित कालिका माध्यमिक बिद्यालयमा भर्ना गरेर उनलाई त्यहाँबाट ८ कक्षासम्मको शिक्षा आर्जन गराए ।
२०४९ साल असार २८ गते जन्मेका नकुलले कालिका माध्यमिक बिद्यालयबाट निम्न माध्यमिक तह उत्तिण गरिसकेपछि माध्यमिक तहका लागी नमुना माध्यमिक बिद्यालय भर्ना गरे । निम्न माध्यमिक तथा माध्यमिक तहमा अध्यायन गर्दै गर्दा कक्षामा प्रथम तथा बिद्यालय टपसम्म नकुल भए । माध्यमिक तहसम्म राम्रै नतिजा ल्याइरहेका नकुल कक्षा ११ र १२ को पढाइका लागी पुख्र्यौली तलो कालिकोट गरे । कालिकोटको बिद्यालयमा भर्ना गरेपनि उनले पढाइ भने काठमाण्डौँमा गरे । तर परिक्षा भने कालिकोटबाटै दिए र उनले उच्च माध्यमिक तहपनि उत्तिर्ण गरे । उच्च माध्यमिक तहसम्म पुग्दा उनको पढाई खस्किदै गयो । पढाई खस्किनुको कारण थियो, लागु पदार्थको सेवन । माध्यमिक तहमै अध्यायन गर्दा लागु औषधजन्य पदार्थको सेवन सिकिसकेका नकुल बिस्तारै कालिकोट र काठमाण्डौँ पुगेपछि यसको मात्रा झन बढाउँदै गए । कक्षा ८, ९ मा पढ्दै गर्दा चुरोट, खैनी खान सिकेका नकुल बिस्तारै ड्रगिस्ट बन्दै गए । लम्कीमै रहँदादेखी नेपालमा बन्देज लगाइएका लागु औषधको प्रयोग गर्न थालेका उनले काठमाण्डौँ पुगेपछि लागु औषधको मात्रा झन बढाए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ राम्रै घर परिवारमा जन्मेका नकुल साथीसंगतकै कारण लागसऔषधको दुब्र्यसनीमा फस्दै गए । घर स्थिती राम्रै भएका कारण उनले भनेको समयमा पैँसा पाउन थाले । खाजा खानका लागी घरबाट मागेको पैँसाले उनि लागु औषध खरिद गर्थे र सेवन गर्थे । काठमाण्डौँ पढ्न गएका बेला भनेजत्ती पैँसा पाउन थालेपछि उनले लागु औषधको मात्रापनि बढाए । कहिले घर आउने कहिले काठमाण्डौँ जाने नकुलको पछिल्लो चालचलन देखेपछि घर परिवारले शंका माने । लागु औषध सेवन गर्न थालेपछि एक पटक नकुल पुल खेलिरहेको अवस्थामा पक्राउ वरे त अर्को पटक काठमाण्डौँमै गाँजा खाइरहेका बेला पक्राउ परे । तर ति पक्राउने उनलाई केही सुधार्न सकेन । साथी भाइहरुले ख्याल, ख्यालमै खाउ भन्दा खान थालेका उनलाई पछि बाध्यता हुँदै गयो । खाएकै बेला एक पटक उनी मोटरसाइकल दुर्घटनामापनि परे, तर चोट सामान्य लागेपछि समस्या निम्तिएन ।
लागु औषधको सेवन शुरु गरेको ७ बर्षपछि छोरामा बिस्तारै नकारात्मक लक्षण देखिन थालेपछि आमा बुवाले बुझ्न खोजे । छोराको अवस्था बुझ्न खोज्दा लागु औषधको दुब्र्यशनीमा फसेकोल भेटियो । लागु औषधमा मान्छे फसिसकेपछि सुध्रिने सम्भावना निकै कम हुने हुँदा नकुलका बुवा, आमा चिन्तित भए । तर समाधानका उपाय खोज्न सकेनन् । नकुल लागु औषधको सिकार बनेपछि सुधार्नका लागी उनलाई आमा बुवाले सुधार गृह पठाए । सुधार गृह बसेको केही दिनमै उनि तार तोडेर त्यहाँबाट फरार भए । निस्केर उनको पुरानै दिनचर्या शुरु भयो । बिहानै ब्राउन सुगर खाने र दिनभरी डुल्ने उनको काम भयो । कहिले कैलाली कहिले काठमाण्डौँमा डुलिरहने उनि जिन्दगी अन्तिमचरण सम्म डो¥याउन पुगिसकेका थिए । बिगतमा निकै सम्मान र माया दिने मान्छेले उनलाई बिस्तारै तिरस्कार गर्न थाले । चाहे घरमा, बाहिर, आफन्तदेखी राम्रो बाटो लागेका साथीभाइहरु समेत उनिबाट टाढा हुँदै गए । हिजोका दिनमा निकै प्रिय रहने सम्बन्धहरु बिस्तारै चिस्सिदै गए । समाजले हेर्ने नजर बिस्तारै परिवर्तन हुँद्र गयो । समाजका कुनै कार्यक्रममा नकुल सहभागी हुन पाएनन् । उनि न घरको न त कुनै समाजकोनै हुन सके । आमा बुवाले सुधार गृह राखेका नकुलले यस्तो अवस्था आउँदा सोचे, म मान्छेबाट किन जनावरको रुप लिइरहेको छु, एउटा लागु औषध सेवनले म–म नरहने अवस्थामा पुगे भनेर उनले सोचे ।
केही दिन गम्भिर भएर आफु, परिवार र समाजबारे सोचेका नकुलले लागु औषध प्रयोग नगर्ने प्रण गरे । र उनले गरेको प्रण ब्यवहारमा लागु गर्नेतर्फ उनी केन्द्रित भए । आफै सित लागु औषध प्रयोगद गर्नेहरु उनकै अगाडी कति बितिसके उनले गनेका छैनन् । यो अवस्था देखेर उनले यो लत त्याग्ने घोषणा गरेका थिए । आमा बुवाले सुधार गृहत पठाउँदा भागेका नकुल त्यसपछि आफै सुधार गृह जाने मनसायमा लागे ।
केही दिन अत्तरियाको उग्रतारा सुधार गृह बसेका नकुल सो पटक आफै झोला तयार गरेर सुर्खेतको सुधार गृह गए । घरका मान्छे र समाज देखेर उनि सुध्रिन सुर्खेत गए । २०७६ माघमा करिब १ महिना सुधार गृह बसेर निस्केका उनि छोटो अवधीमै आफुलाई सुधार तर्फ लउन सफल भए । त्यस संगै देशमा कोरोना कहर भएपछि उनि केही कहिना भित्रै बसे । उनले बाहिरको वातावरण बारे बुझ्न् अवशरनै पाएनन् । बिश्वब्यापी कोरोनाले तहस नहस गर्न थालेपछि भएको लकडाउनले उनि भित्रै थुनिए । त्यसपछि नकुल पुर्ण रुपमा सुध्रिए । कुलतमा फसेर फेरी पुरानै जिवनमा फर्केका नकुलले आफु फसेर नयाँ जिवन पाएपछि सामाजिक कार्यतर्फ आफुलाई केन्द्रित गरे । बिगतमा साथीभाइको संगतले कुलतमा फसेका उनले अब समाजका लागी काम गर्ने प्रण गरे । र गाउँमा युवा क्लव, युवा सञ्जाल लगायत गठन गरेर सामाजिक कार्य गर्न थाले । त्युसपछि आफ्नै नेतृत्वमा उनले लम्की युवा क्लव नाम गरेर गठन गरे । क्लव गठनदेखीनै बृक्षारोपण, सरसफाई, रक्तदान, लगायतका कार्यक्रममा उनि केन्द्रित भए ।
त्यसपछि यत्तिले मात्रै नभएर अब आफु जस्तै कसलतमा फस्नु नपरोस भनेर यस बिरुद्धको अभियानपनि उनले चलाए । यस संगै लागु औषधमा फसेकाहरुलाई स्याहार गर्न उनि लम्कीमै उमाकान्त तिमिल्सिनाले सञ्चालन गरेको नयाँ गोरेटो पुनस्र्थापना केन्द्रमा आबद्ध भए । सो सुधार गृहबाट उनले लागु औषधको दुब्र्यसनीमा फसेकाहरुको स्याहार गर्नुका साथै सुधारका लागी परामर्षहरु समेत दिन थाले । सो केन्द्रबाट हालसम्म २ सय जना घर फिर्ता, करिब ४० जना ठिक भएर पठाइएको नकुल बताउँछन् । बिषेशगरी लागु औषधको दुब्र्यशनमा फसेपछि आर्थिक, सारिरिक तथा सामाजिक रुपमा कमजोर हुँदै जाने नकुल बताउँछन् । लागु औषध प्रयोग गर्न थालेपछि काममा ध्यान हुँदैन उनले भने “आफुले या घर परिवारले कमाएको पैँसा त्यसमै सकिन्छ र त्यसपछि मान्छे कहिले मर्छ आयुको कुनै निश्चित हुँदैन र सामाजिक रुपमा मान्छेसम्म गन्दैनन्, त्यस कारण मान्छे भएर जिउने हो भने लागुऔषधको सिकार नबन्नुहोला ।”
मैले लागुऔषध प्रयोग गर्ने बेला मेरा आफन्त तथा साथीहरु म देख्ने बित्तिक्कै भाँग्थे उनले भने “संगै स्कुल पढेका, संगै खेलेका साथीहरु समेत मेरो नजिक आउनै गाह्रो मान्नुहुन्थ्यो, मेरो घर परिवार, समाजबाट तिरस्कार भएपछि म आफैले सुध्रिनुपर्छ सोचेर यो अवस्थामा पुगेको हुँ, अहिले म आफै सुधार केन्द्र चलाएर लागुऔषधमा फसेकाहरुको स्याहार संगै जनचेतनात्मक शन्देस दिइरहेको छु ।”


