धनगढीमा छुट्टै पहिचान बनाइसकेर जनप्रतिनिधी समेत बनेका एक प्रेरणाका श्रोत हुन गजेन्द्र शाही । २०४६ साल असार ९ गते काठमाण्डौँको कान्ती बाल अस्पतालमा जन्म लिएका गजेन्द्र शाही नेपाली सेनाबाट सेवा निर्बित्त भएका खडक बहादूर शाहीका छोरा हुन् । शाही काठमाण्डौँमै जागिरको शिलशिलामा हुँदा जन्म लिएका गजेन्द्र शाही जन्मेको ३ बर्षपछि धनगढी झरेका थिए । सोही बेलाबाट धनगढी उप महानगरपालिका वडा नम्बर ५ जाइमा स्थाई बसोबास गर्दै आएका शाहीले धनगढी ५ कै क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुलबाट प्रारम्भिक शिक्षाको शुरुवात गरे । बिभिन्न स्कुलमा माध्यमिक तहसम्म पढाई गरेका उनले धनगढीको निलम इङ्लिस बोर्डिङ स्कुलबाट प्रमाणपत्र तह उत्तिर्ण गरे । धनगढीकै ऐश्वर्या बहुमुखी क्याम्पसबाट उच्च शिक्षा अध्यायन गरेका शाहीले स्नातक तहको शिक्षापनि ऐश्वर्याबाटै लिए । स्नातकको अध्यायनकै बेलादेखी उनले समाजसेवामा समय खर्चे त्यसै कारण स्नातक तहको पढाइलाई समेत उनले पुर्णता दिन सकेनन् ।
सानै देखी हक्की स्वभावका शाही अन्याय सहदैनथे । गलत प्रबृती बिरुद्ध सधैँ लडिरहने शाहीदेखी गलत गर्नेहरु पहिलेनै तर्सिन्थे तर सकारात्मक काम गर्नेहरुको साथ उनले अध्यायनकै बेलादेखी पाइरहन्थे । सोही बेलादेखी बिद्यार्थी राजनिति संगै सामाजिक कार्यमा सक्रिय शाहीले थुप्रै क्षेत्रमा काम गरे । अध्यायनकै बेला समेत थुप्रै सहयोग र सामाजिक कार्यमा सक्रिय शाही २०७३ फागुन ६ गते भारतिय एस एस बीको गोली लागेर मृत्यु भएका सहिद गोबिन्द गौतम घटनापछि बढी सक्रिय भएका थिए । सो घटनामा परिवारको न्यायका लागी संघर्ष संगै आर्थिक सहयोग अभियान समेत उनको नेतृत्वमा सञ्चालन भएको थियो । सिमामा एस एस बी बाट मारिएका गोबिन्दको सामान्य परिवार भएका कारण उनिहरुका लागी शाही सहितको टिमले आर्थिक अभियान सञ्चालन गरी सहयोग गरेका थिए ।
स्नातक तहको पढाइलाई भन्दा सामाजिक क्षेत्रको वगाब उनमा बढेपछि पढाई अगाडी बढ्न सकेको थिएन । यस संंगै उनि नेपाल बिद्यार्थी संघको तर्फबाट ऐश्वर्या बहुमुखी क्याम्पसको स्वबियु सभापति उमेदवार समेत बनेका थिए । राष्टिय प्रजातन्त्र पार्टीका कमल बमसंग उनि स्वबियु सभापतिमा पराजित भएका थिए । त्यसपछि उनि बिद्यार्थी राजनिति भन्दापनि सामाजिक क्षेत्रमै बढी खटिए । उनले बिस्तारै नयाँ नयाँ अभियान समेत सञ्चालन गरे । धनगढीमा कपडा बैकंको परिकल्पना गर्ने शाहीले बिभिन्न ठाउँमा कपडा संकलन केन्द्र समेत स्थापना गरे । कोहीले एक दिन लगाएको कपडा फाल्ने कोहीले कपडा नपाएर तडिपनुपर्ने बाध्यता देखेका शाहीले कपडा अभाव भएकाहरुलाई लक्षित गर्दै कपडा बैकंको परिकल्पना गरेका थिए ।
शाहीले रोयल कोल्याबरेटिभ्स नामक संस्थाको नामबाट धनगढीमा कपडा बैकं स्थापना गरेका थिए । कपडा बैकंमा कपडा संकलनका लागी उनले धनगढी हसनपुर, एल एन चोक लगायतका बिभिन्न ठाउँमा कपडा संकलन केन्द्र स्थापना गरे । सो संकलन केन्द्रबाट संकलन भएका कपडाहरु उनले दिन दुखीहरुलाई सहयोग गर्थे । साथै कपडा अभाव भएकाहरुलाई बैकंबाटै कपडा लैजान मिल्ने ब्यवस्था उनले मिलाएका थिए । उनको कपडा बैकं स्थापनापछि निकै ब्यक्तीहरु लाभाम्बित भए । शाहीको समाज सेवा कपडा बैकंमा मात्रै सिमित भएन । उनले यस्तै अन्य सामाजिक कार्यपनि गर्दै गए । सामाजिक काममा खटिरहेकै बेला बिश्वब्यापी कोरोना महामारी शुरु भयो, नेपालपनि त्यसबाट अछुतो रहन सकेन । नेपालमा कोरोना संक्रमण धनगढीबाटै शुरु भयो । धनगढीमा पहिलो पटक कोरोना संक्रमित ब्यक्ती भेटिएपछि यहाँ कोरोनाको संक्रमण निकै बढ्न थाल्यो ।
कोरोना कहरका बेला बिरामी बोक्न एम्बुलेन्स अभाव थिए । बिरामीलाई अस्पतालसम्म पु¥याउन मानिसहरुले कुनै यातायातका साधन समेत पाउन थालेनन् । कोरोना कहरले देशभरी निशेधाज्ञा थियो, त्यो बेला बिरामी बोक्न एम्बुलेन्स बाहेक अरु चल्दैनथे । घरमा कोही बिरामी भएपनि सवारी साधन बोलाउँदा बिरामीका लागी कोही आँट गर्न सक्दैनथे । यो कोरोनाको भयाभह अवस्थामा शाहीले अटो एम्बुलेन्स सेवा सञ्चालन गरे । धनगढी उप महानगरपालिकाभित्र सञ्चालन हुने गरी शाहीले करिब १० वटा अटोलाई एम्बुलेन्स बनाए । उनले सार्बजनिक रुपमा फोन नम्बर सार्वजनिक गर्दै बिरामी परे अटो एम्बुलेन्स खोज्न आग्रह गरे । सो बेला उनले सञ्चालन गरेको अटो एम्बुलेन्सबाट निकै नागरिकले सेवा लिए । यातायातका साधन नपाएर घरमै तड्पिरहेका बिरामीहरुलाई शाहीको अटो एम्बुलेन्स सेवाले निकै राहत दियो । कोरोना कहरका बेला शाही अटो एम्बुलेन्समा मात्रै सिमित रहेनन् ।
उनले यस्तै रचनात्मक काम अर्को गरे । सबै नागरिक कोरोना कहरमा घरभित्रै बसिरहेका बेला शाहीको टिम रोयल कोल्याबोरेटिभ्स भने कैलालीको त्रिनगर नाकामा थियो । सबै जना भारतबाट आउनेहरुबाट कोरोना भन्दै भाँगिरहेका बेला शाहीको टिम त्यही नाकामा गएर स्वदेश फर्किनेहरुका दुखमा मलम लगाइरहेको थियो । नेपाल जस्तै भारतमा समेत लकडाउन भएका कारण कयौँ दिन भोकभोकै स्वदेश पुगेका नेपालीहरुलाई नाकामै खाना खुवाउने अभियान शाहीको टिमले शुरु गरेको थियो । १ महिना बढीसम्म त्रिनगर नाकामा खाना खुवाउने अभियान सञ्चालन गरेका शाहीले करिब १ लाख बराबर नागरिकहरुलाई नाकामा खाना खुवाए । सोही कोरोना कालमा शाहीको अभियान धनगढीमा मात्रै सिमित रहेन । बिस्तारै त्रिनगर नाका भएर स्वदेश फर्किनेहरुको संख्या घट्दै गएपछि उनले निशुल्क खाना अभियान काठमाण्डौँमा शुरु गरे । दोश्रो चरणको कोरोना कहरपछि भएको लकडाउनका बेला रोयल कोल्याबोरेटिभ्सको टिम काठमाण्डौँ पुग्यो । काठमाण्डौँ गएर उनल् शुरुमा टिचिङ र कान्ती अस्पतालमा निशुल्क खाना अभियान सञ्चालन गरे । अस्पतालमा आएका बिरामी र उनिहरुका कुरुवाहरुलाई लक्षित गर्दै शाहीले सो अस्पतालहरुमा निशुल्क खाना अभियान सञ्चालन गरेका थिए । त्यहाँ रहेका करिब २५ हजार बिरामी तथा कुरुवाहरुलाई शाहीको टिमले खाना खुवाएको थियो ।
त्यसपछि सोही दोश्रो चरणको कोरोना कहरमा शाहीको टिमले रत्नपार्कमा निशुल्क खाना अभियान सञ्चालन गरेको थियो । लकडाउनका कारण रोजगारी गुमेर समस्यामा परेका बर्गलाई लक्षित गर्दै रत्नपार्कमा सञ्चालन गरिएको निशुल्क खाना अभियानमापनि निकै ब्यक्तीहरु जोडिए । टिचिङ र कान्ती अस्पताल संगै रत्नपार्कमा रोयल कोल्याबोरिटिभ्सले करिब ५० हजार जनालाई निशुल्क खाना खुवायो । बिस्तारै निशेधाज्ञा खुकुलो हुँदै गएपछि शाहीले निशुल्क खाना अभियान स्थगित गरेका थिए । यस्तै रचनात्मक सामाजिक कार्य गरेका शाही हाल धनगढी उप महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हुन् । गत स्थानिय तह निर्वाचनमा उनी आफ्ना प्रतिद्वन्द्धीलाई निकै भारी मतान्तरले पछी पार्दै बिजयी भएका हुन् । समाजमा यस्तै रचनात्मक कामले उनलाई स्थानिय तह निर्वाचन जित्न सहज भएको हो । मलाई मेरा कामले मेरो भिजनले जित्न सहज भयो शाहीले भने “मेरो काम र भिजनलाई जनताले मन पराए र म बिजयी भएको हुँ, बिभिन्न क्षेत्रलाई समेटेर मैले घोषणापत्र बनाएको थिए, शोही मुद्धालाई लिएर म सफल भएको हुँ, अहिले ति मुद्धा सम्बोधनको प्रकृयामा छु ।”
हाल आफ्नो दैनिक कार्यालयको कामकाजमा म बढी ब्यस्त हुन्छु शाहीले भने “त्यसपछि मैले आफ्नो क्षेत्रका लागी धेरै ठाउँ पहल गर्नुपर्छ त्यहाँ समन्वय गरिरहेको हुन्छु, बिषेशगरी मेरो सानैदेखीको अभियान र युवा क्षेत्रका समस्या बारे म गम्भिर छु, ति मुद्धा मैले छोडेको छैन, अहिलेपनि काममा छु ।” वडा नम्बर ५ मा म कपडा बैकं स्थापना गर्ने तयारीमा छु, उनले भने “चाँडै कपडा बैकं सञ्चालनमा ल्याउने सोचिरहेको छु, र म मात्रै नभएर मेरो टिम काम गरिरहेको छ, मैले बाटो देखाउने हो यस्ता रचनात्मक र सामाजिक क्षेत्रमा केही हुने खालका कामलाई म जनप्रतिनिधी भएपनि नभएपनि निरन्तरता दिइरहने छु ।”


