धनगढी : सुदूरपश्चिम प्रदेशका उधमेग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले सुदूरपश्चिमको पर्यटन विकासको लागि बोल्ने मात्रै नभएर काम गर्ने समय आएको बताएका छन् । कैलाली च्याम्बर अफ कमर्सद्वारा निर्मित प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको ‘माई ट्राभल डायरी’ को विमोचन गर्दै उनले कैलाली च्याम्बरले ल्याएको ट्राभल डायरीले प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोग पुग्ने बताए ।
उनले अहिले पनि प्रदेश सरकार संगै पर्यटनको विकासका लागि योजना नभएको बताए । ‘हाम्रा नौ वटा जिल्लामा के– के गर्ने, धार्मिक पर्यटकीय हिसाबले कुन क्षेत्रको विकास गर्ने, प्राकृतिक सम्पदाको कुन क्षेत्रलाई प्राथमिकता दिने, हामीले बनाएका आर्टिफिसिएल पर्यटकमय क्षेत्र कसलाई प्राथमिकता दिने, कुन नदीनालालाई प्राथमिकता दिने भन्ने हामीसँग अहिले सम्म योजना छैन’ उनले भने ‘हामी सबैलाई अहिले मेरो घर वरिपरि कसरी बजेट पुगाउने भन्ने चिन्ता मात्रै छ । कुल देवताको मन्दिरमा ५ लाख कसरी हाल्ने चिन्ता छ ।’
अहिलेको तरिकाले पर्यटन क्षेत्रको विकास नहुने भन्दै उनले आगामी आर्थिक वर्षमा आफूले बजेट बनाउँदा प्रदेशका ५र७ वटा क्षेत्रलाई मात्रै प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए ।


