कैलाली। कैलालीको अत्तरियामा रहेका गोदावरी होटल व्यवसायी संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिह धामीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मन्त्री धामी रहेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी देवकोटा,खेमा देवी बिष्ट लगायत अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।साधारण सभामा संघको प्रगति प्रतिवेदन संस्था का सचिव रविन्द्र खड्काले प्रस्तुत गरेका थिए।
गोदावरी होटल व्यवसायी संघमा हाल झन्डै ४५० सदस्य आवद्ध छन।अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा भएको संघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनको संचालन पत्रकार शारदा फुलाराले गरेकी थिइन्। कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव लक्ष्मण धामीले राखेका थिए। यसै बिच साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
संघको अध्यक्षमा नमस्ते होटलका संचालक लक्ष्मण धामी चयन भएका छन्। संघको उपाध्यक्षमा बिस्ना देवि बोहरा,महासचिवमा रविन्द्र खड्का,सचिवमा दिल बहादुर खत्री र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन्।त्यस्तै सदस्यहरूमा निर्मला पन्थि,सितादेवि चुनारा,तिलक ओलि,अमिन सिंह धामी,रुपादेवि गौतम,कलक सिंह धामी,नारायण बोहरा,पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन्।उनीहरुले आज शनिबार सपथग्रहण पनि गरेका छन्।