धनगढी। धनगढीमा सवारी साधन चेकिङमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ। बिहीबार साँझ धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षणका क्रममा तिब्र गतिमा आएको मोटरसाइकलले ट्राफिक प्रहरीलाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन।उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय सुसान्त बिष्ट पनि गम्भीर घाइते भएका छन्। घाइते भएका उनको पनि माया मेट्रो अस्पतालकै आइसियू कक्षमा उपचार भइरहेको बताइएको छ।